आगामी ३ हप्ता नेपालका लागि अत्यन्तै कठिन : जनस्वास्थ्यविद् डा. पाण्डे

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालका लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । 

अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएको भन्दै उनले आगामी ३ हप्ता दुःख सहेर भए पनि घरभित्र नै बस्न आग्रह गरेका छन् । 

त्यसपछि संक्रमणको दर बिस्तारै घट्दै जाने डा. पाण्डेले बताएका छन् । उनले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरेका छन् । 

उनले ६ फिटभन्दा धेरै दूरी कायम गर्ने, साबुनपानी र स्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्नेजस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अपिल गरेका छन् । 

आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ | अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ | दुख सहेरै भएपनि यो ३ हप्ता...

Posted by Dr. Rabindra Pandey on Tuesday, May 11, 2021




  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १९:५६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया