\
कर्णाली प्रदेश सरकारका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले पदबाट राजीनामा दिएका हुन् ।
बुधबार दुई मन्त्रीले मन्त्रिपरिषद्को बैठकमा राजीनामा दिएका हुन् । दुवै जना माओवादी केन्द्रबाट मन्त्री भएका हुन् ।
पार्टीको निर्णय अनुसार राजीनामा दिएको मन्त्री केसीले बताइन् । केसीका अनुसार अहिले नयाँ मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
स्रोतका अनुसार आज नै नयाँ मन्त्री नियुक्त गरिने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।