जनमोर्चाले कृष्ण थापालाई गण्डकी संसदीय दलको नेताबाट हटायो
फरकधार / २९ बैशाख, २०७८
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशको संसदीय दलको नेताबाट सांसद कृष्ण थापालाई हटाएको छ । थापाले गण्डकी प्रदेशसभामा विपक्षी गठबन्धनलाई सहयोग गर्न अस्वीकार गरेका थिए ।



विपक्षी गठबन्धनको सरकार बनाउनका लागि सहयोग नगरेका थापालाई कारबाही स्वरुप दलको नेताबाट हटाइएको जनमोर्चाले जनाएको छ । सांसद थापा विपक्षी गठबन्धनमा सहमत नभएर बुधबार गृहजिल्ला बागलुङ पुगेका थिए । 



जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले सांसद थापालाई स्पष्टीकरण सोधिएको र संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । 









  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १४:५६:५२,   अन्तिम अपडेट : बैशाख २९, २०७८ बुधबार १४:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया