logo-img

कर्णाली प्रदेशको सातौं अधिवेशन अन्त्य गर्न सिफारिस

कर्णाली प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष सिफारिस गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को वैशाख २९ गतेको बैठकले सातौँ अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखलाई सिफारिस गरिएको बताइएको छ । कर्णालीको सातौँ अधिवेशन वैशाख तीन गतेबाट सुरु भएको थियो । कोरोना भाइरस र राजनीतिक हलचलका कारण छोटो समयमा नै अधिवेशन अन्त्य गर्न लागिएको हो ।





  • प्रकाशित मिति : वैशाख २९, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया