कर्णालीमा थपिए तीन मन्त्री : विष्ट, नेपाली र शर्मालाई जिम्मेवारी

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । सात सदस्यीय मन्त्रिमण्डलको लागि दुई जना मन्त्रीले राजीनामा दिएका छन् भने तीन जना नयाँ नियुक्त भएका छन् । 

मुख्यमन्त्री शाहीले प्रदेशसभा सदस्यहरु विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीलाई आजै सपथ खुवाउने शाहीको तयारी छ । 

विष्टलाई आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद मन्त्रालय, शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । 

मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर अलग्गै जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने, सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत राख्ने निर्णय पनि गरेको छ । 

नवनियुक्त तीन जनामध्ये विष्ट र नेपाली सुर्खेत तथा शर्मा रुकुम पश्चिमबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद हुन् । 

यसअघि, कर्णालीमा २ जना मन्त्रीले राजीनामा दिएका थिए । आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पदबाट राजीनामा दिएका हुन् । 





  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १५:३३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया