गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गरेका छन् । उनले कांग्रेससहित, माओवादी केन्द्र, जनमोर्चा र जसपाको आफूलाई समर्थन रहेको बताउँदै दाबी पेस गरेका हुन् ।
गण्डकी प्रदेशसभामा आफ्नो समर्थनमा कांग्रेसका १५, माओवादी केन्द्रको सभामुखसहित १२, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको समर्थन रहेको भन्दै पोखरेलले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि गण्डकीमा नयाँ सरकार बनाउने कसरत जारी छ । तर, बहुमत दाबी गरेका पोखरेलका विरुद्ध जनमोर्चाका सांसद कृष्ण थापाले पत्रमार्फत आपत्ति जनाएका छन् ।
थापाले प्रदेश प्रमुखलाई चिठी लेख्दै मुख्यमन्त्रीका उम्मेदवार पोखरेललाई आफ्नो समर्थन नभएको र आफ्नो हस्ताक्षर किर्ते भएको बताएका छन् । उनले आफू कुनैपनि गठबन्धनमा नरहेको र तटस्थ रहेको पत्रमा उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।