गण्डकीमा कृष्ण थापापछि खिमविक्रम पनि तटस्थ, माओवादी-कांग्रेस असफल
एमालेको सरकार बनाउन आह्वान

गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्ने प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको प्रयास असफल भएको छ । जनमोर्चा नेपालका सांसदहरु कृष्ण थापा र खिमविक्रम शाही तटस्थ बसिदिएपछि विपक्षीको योजना फेल भएको हो। 

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र सांसद खिमबिक्रम शाहीले साथ नदिएपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर जुटाउन सकेनन् ।

उनको पक्षमा ३० जनाले हस्ताक्षर गरेको बताइएको थियो। तर थापाले हस्ताक्षर गर्न नमानी बाग्लुङ पुगेका छन्। यसअघि अविश्वास प्रस्तावको मतदानका हुनुअघि बिरामी परेर आइसियुमा भर्ना भएका जनमोर्चाका अर्का सांसद खिमबिक्रम शाहीले पनि आफूलाई तटस्थ राखेका छन्। 

प्रदेश प्रमुखको आह्वान अनुसार आज ४ बजेसम्म हस्ताक्षर बुझाउनु पर्ने थियो । तर थापा आज बिहानै जन्मथलो बाग्लुङको जैनमैनीतिर लागे। अन्तिम समयमा आएर शाहीले पनि आफूलाई तटस्थ राखेपछि प्रतिपक्षी फेल भए। 

थापालाई कारबाही गरेर सदनमा ५९ सांसद बनाएर बहुमत पुर्‍याउने प्रयास गरिएको थियो। तर कारबाही गरेको पत्र प्रदेश प्रमुखकहाँ पुग्नु अगावै थापाले पत्र लेखेर आफूमाथि गैरकानुनी कारवाही गरिएको बताएका थिए । आज अपरान्ह ४ बजे बहुमतको सरकार गठन गर्ने समय सकिएको छ। अब प्रदेश प्रमुख सीता पौडेलले ठूलो दलका नाताले एमालेलाई सरकार गठन गर्न आव्हान गरेकी छन् ।





  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १७:१२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया