ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनै पर्छ : भीम रावल

नेकपा एमालेको असन्तुष्ट समूहका नेता भीम रावलले केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीमा फर्किन नदिन सांसद पदबाट राजीनामा दिनै पर्ने बताएका छन्। एमालेको माधवकुमार नेपाल समूहमा सांसद पदबाट राजीनामाको विषयलाई लिएर विवाद भइरहेका बेला रावलले यस्तो भनेका हुन्। 

सामाजिक सञ्‍जाल ट्विटरको प्रयोग गर्दै रावलले सांसद पद त्याग्नुको विकल्प नरहेको जिकिर गरेका छन्। राजीनामा नै राजनीतिक नैतिकता र कानुनी दृष्टिले उचित हुने तर्क उनले गरेका छन्। 

'असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ', उनले भनेका छन्, 'त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।'

माधव नेपाल समूहले ओलीलाई सरकारमा आउन नदिन कम्तीमा २० जना सांसदको राजीनामा तयारी गरेको खबर आएको छ। यस्तो अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्ने उनीहरुको निचोड छ।





  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १७:५५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया