महन्थले देउवालाई भने : उपेन्द्रसँग किन मिल्नुभो? तपाईंसँग सहकार्य हुन सक्दैन

जनता समाजवादी पार्टी नेपालका प्रथम अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग सहकार्य गरेकोमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आपत्ति प्रकट गरेका छन्। 

बिहीबार दिउँसो बूढानीलकण्ठ पुगेका ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवका कुनै पनि निर्णय आधिकारिक नहुने जानकारी पनि देउवालाई गराएका छन्। 

भेटका क्रममा ठाकुरले देउवाले उपेन्द्रसँग मिलेर गल्ती गरेको भन्दै अब कुनै किसिमको सहकार्य गर्न नसकिने बताएका थिए। 'उहाँ (ठाकुर) ले उपेन्द्र यादवसँगको सहकार्यलाई लिएर सभापतिजीसँग आपत्ति प्रकट गर्नु भयो', भेटमा सहभागी कांग्रेसका एक नेताले भने, 'उपेन्द्रसँग सहकार्य गरिसकेकाले नयाँ सरकार निर्माणमा आफ्नो कुनै साथ नहुने बताएर उहाँ यहाँबाट जानु भयो।'

देउवाका स्वकीय सचिव भानु देउवाले पनि ठाकुर बूढानीलकण्ठ आएको पुष्टि गरे। 'उहाँ आएर सभापतिज्यूसँग कुरा गरेर जानु भयो। उपेन्द्र यादवसँगको सहकार्यलाई लिएर उहाँको आपत्ति रहेछ', देउवाले फरकधारसँग भने। 

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा विश्वासको मत लिन नसकेपछि देउवा माओवादी र उपेन्द्र यादवसँग मिलेर सरकार बनाउने अभियानमा छन्। उनको यो अभियान सफल हुन जसपा सिंगैले साथ दिनुपर्छ भने एमालेको माधव नेपाल समूहका केही सांसदले पनि राजीनामा गरिदिनुपर्ने बाध्यता छ। 





  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार १५:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया