देउवा-प्रचण्ड भेटवार्ता : आजै बहुमतसहित सरकारको दाबी पेश गर्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। बिहीबार दिउँसो देउवालाई भेट्न खुमलटारबाट प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए। 

दुई नेताबीचको भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज राति ९ बजेसम्मको समयअगावै सरकारमाथि दाबी पेश गर्ने सहमति भएको स्रोतले बताएको छ। बूढानीलकण्ठ स्रोतका अनुसार आज राति ९ बजे अगावै बहुमतसहित सरकारमा दाबी गर्न जाने सहमति दुई नेताबीच भएको हो।

ओलीले वैशाख २७ मा विश्वासको मत लिन नसकेपछि नयाँ सरकार निर्माणका लागि प्रचण्ड, देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जुटेका थिए। तर उनीहरुले अहिलेसम्म बहुमत जुटाउन सकेका छैनन्। 

देउवा र प्रचण्ड अहिले पनि एमालेको माधव नेपाल समूहका सांसदको राजीनामा आउने बाटो हेरिरहेका छन्। अर्कातिर जसपाको महन्थ ठाकुर समूहले पनि सघाउने आशमा छन्। 

तर आजै ठाकुरले बूढानीलकण्ठ पुगेर उपेन्द्र यादवसँग सहकार्य गरेको भन्दै देउवासँग आक्रोश पोखेका थिए। उनले नयाँ सरकारका लागि कुनै सहकार्य हुन नसक्ने बताएर फर्किएका थिए। 

देउवालाई सघाउन नसक्ने बताएका ठाकुर त्यहाँबाट निस्किएर आफू पक्षीय सांसदहरुलाई भक्तपुरको रिसोर्टमा भेला गर्न गएका छन्। अहिलेसम्म त्यहाँ उनी पक्षीय १५ सांसद पुगिसकेका छन्। 





  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार १६:२३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया