ओली-नेपाल वार्ता सकियो, विवाद मिलाउने सहमति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। चपली हाइटस्थित क्याप्टेन रामेश्‍वर थापाको निवासमा चार घण्टाभन्दा लामो वार्ता सकिएको हो। 

वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओली थापाको घरबाट बाहिरिएका छन्। वरिष्ठ नेता नेपाल भने अहिले पनि चपली हाइटमै रहेका छन्।  त्यहाँ पत्रकारहरुसँग बोल्दै नेता नेपालले पार्टीमा देखिएको विवाद मिलाउन अब कार्यदल बनाएर अघि बढ्ने बताएका छन्। 

छलफल मिल्ने दिशातिर अघि गएको भनेर बुझ्नुपर्ने वरिष्ठ नेता नेपालले बताएका छन्। ओलीसँगको छलफलपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले वार्ता मिल्ने दिशातिर अघि बढेको बताए। ठोस सहमति भइनसकेकाले अझै वार्तामा बस्ने उनले जानकारी दिए। 

'हामी दुईजनाबीच भेटघाट भएको छ पार्टीकै समस्याको बारेमा आ–आफ्नो समस्या राख्यौं', उनले भने, 'ओलीलाई पठाएको पत्र र ६ बुँदे प्रस्तावमा छलफल भयो । फागुन २८ पछि भएका निणय खारेज गर्छौँ। पार्टीलाई २ जेठ २०७५ मा पुर्याउने तहमा छलफल भएको  छ।’ 





  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार १८:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया