माधव नेपालले धोका दिए : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाएका छन्। 

वरिष्ठ नेता नेपाल पक्ष सांसद् पदबाट राजीनामा लागि तयार नहुने भएपछि बिहीबार बसेको माओवादी स्थायी समिति बैठकमा दाहालले यस्तो ‘ब्रिफिङ’ गरेको स्रोतले जानकारी दिएको छ। 

‘यसपटक पनि उहाँ प्राविधिक कुरामा अल्झिनुभयो, बोल्ड राजनीतिक निर्णय गर्न सक्नुभएन,’ बैठकमा दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। अध्यक्ष दाहालले ‘धोका’ नै भन्ने शब्द प्रयोग नगरे पनि ब्रिफिङको सार भने त्यही भएको स्रोतले जानकारी दिएको छ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार १९:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया