महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा, सत्ता रणनीति बनाउँदै
ठाकुर पक्षका सांसदहरु भक्तपुरको रिसोर्टमै

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार छिरेका छन्। एमाले अध्यक्ष समेत रहेका ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता चलिरहेकै समयमा उनीहरु भक्तपुरबाट आएर बालुवाटार छिरेका हुन्। 

बालुवाटारमा पुगेका उनीहरुसँग ओली चपली हाइटबाट फिरेपछि संवादमा छन्। दुई नेतासँग ओलीले नयाँ सरकार निर्माण र सहकार्यबारे कुराकानी गरिरहेको उनको सचिवालयले जनाएको छ।

दुई नेताले ओलीसँग मधेस आन्दोलनका मुद्दा फिर्ता प्रक्रियासहित आफ्ना माग सम्बोधनसँगै सरकारमा जाने प्रक्रियाबारे छलफल गर्दैछन्। ओलीले यसैबीच जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटारमा छन् । ओली र माधव नेपालबीच वार्ता चलिरहेको बेलै बालुवाटार छिरेका ठाकुर र महतोले प्रधानमन्त्रीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्दैछन् ।

जसपा र एमाले मिलेर नयाँ सरकार बनाउने या अहिले ओलीले अल्पमतको सरकार बनाएर ३० दिनबीचमा विश्वासको मत लिँदा सरकार जाने बारेमा दुई नेताले परामर्श गरिरहेको स्रोतले जनाएको छ।

जसपा अध्यक्ष ठाकुर भने मधेसका सन्दर्भमा आफूले उठाएका मुद्दा सम्बोधन भइसकेपछि मात्रै सरकारमा जाने योजनामा छन्। उनलाई नेपाली कांग्रेसको तर्फबाट पनि सरकारमा जान गरेको प्रस्ताव अस्वीकार गरेका थिए। 

कांग्रेसले प्रधानमन्त्री ओलीसँग अहिले एमालेका १२१ सांसदको साथ छ। आजको राजनीतिक घटनाक्रममा ठाकुरले आफ्नो पक्षमा जसपाका १९ सांसद ल्याएको दाबी गरेका छन्। उनीसँग अहिले १७ सांसदको साथ रहेको बताइएको छ।



ओलीले तत्कालै प्रधानमन्त्रीको सपथ लिँदा अल्पमतको सरकार हुनेछ। तर कांग्रेसले भने जसपाबाट महन्थ ठाकुर पक्षको समर्थनमा बहुमतको सरकार बनाउन सक्ने आशंका कांग्रेसले गरेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा धेरै दल मिलेर सरकार बनाउन दिएको तीन दिने म्याद आज ९ बजे राति सकिँदैछ। त्यसपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ। ओलीले त्यो अवस्थामा संसदको ठूलो दलको हैसियत वा जसपासहितको बहुमत सरकार बनाउने सम्भावना छ। 



कांग्रेस सह-महामन्त्री डा.प्रकाशशरण महतले ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने दाबी गरेका छन्। आजको बैठकमा माधव नेपाल पनि मिलिसकेकाले अब ओलीलाई सजिलो भएको ठहर गरेको थियो।

यस्तो अवस्थामा ठाकुर पक्षको पनि समर्थनमा ओली दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त प्रधानमन्त्री हुन सक्ने अनुमान कांग्रेसको छ। तर संविधान अनुसार ओलीले त्यसो गर्न नमिल्ने दाबी कांग्रेसको छ।

  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार २०:३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया