चलचित्र पत्रकार संघ नेपालले अध्यक्ष दिनेश सिटौलाको संयोजकत्वमा तीन सदस्यीय चलचित्र पत्रकार कोरोना विशेष समन्वय समिति गठन गरेको छ ।
संघको बिहीबार बसेको भर्चुअल बैठकले सो निर्णय गरेको हो । संघले आफ्ना संघमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई सुरक्षित भई सञ्चारकर्ममा खटिन पनि आग्रह गरेको छ ।
‘चलचित्र पत्रकारहरुको अवस्था, कोरोना संक्रमित पत्रकारहरुको सुरक्षा र उपचारका लागि समन्वय, सहकार्य र सहजीकरणमा यो समितिले कार्य सम्पादन गर्नेछ,’ संघका महासचिव समीर बलामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘चलचित्र पत्रकारहरुले आफ्नो अवस्थाको बारेमा समितिसँग समन्वय गर्न संघ अनुरोध गर्दछ।’
संघले जेठ ७ गतेको २२औँ राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रदान गरिने सम्मान तथा पुरस्कार कार्यक्रम कोरोनाका कारण यो वर्ष पनि स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।
जेठ ७ गते भर्चुअल माध्यमबाट वार्षिक उत्सवको अवसरमा शुभकामना आदान–प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।