९ माघ, २०८२ शुक्रबार
Jan. 23, 2026

ओली-नेपाल मिलेपछि दाहालले  भने : पार्टीहरु फुटेकोभन्दा जुटेकै राम्रो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीहरू फुटेको भन्दा जुटेकै राम्रो भनेका छन्। स्वकीय सचिव एवम् छोरी गंगा दाहालमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 



बिहीबार मिडिया उद्यमी क्याप्टेन रामेश्वर थापाको घरमा भएको करिब ५ घण्टा लामो वार्तापछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सहमति नजिक पुगेपछि दाहालले यस्तो बताएका हुन्।

दाहालले आजै बसेको माओवादी स्थायी कमिटीको बैठकमा नेता नेपालले आफूलाई धोका दिएको बताएका थिए। उनले नेपालले अडानका साथ राजनीतिक निर्णय लिन नसकेर आफूलाई धोका दिएको गुनासो गरेका थिए। 



फागुन २३ मा खारेजीमा परेको नेकपा हुन्जेल नेपाल-दाहाल मिलेर ओलीविरुद्ध लागेका थिए। साविकका दुवै पार्टी ब्यूँतिएपछि पनि जारी विवादलाई बिहीबारदेखि ओली-नेपालले निरुपणको दिशामा लगेका छन्। यही सन्दर्भमा दाहालले प्रतिक्रिया दिँदै भनेका छन्, 'पार्टीहरू फुटेको भन्दा जुटेको राम्रो हो।'

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो हो: कमरेड प्रचण्ड

Posted by Ganga Dahal on Thursday, May 13, 2021


  • प्रकाशित मिति : ३० वैशाख, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया