वामदेवले लेखे, 'केपी ओली प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई !'
संवाद सुरु भयो, अब एमाले एउटै बनोस्

नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको संवादलाई सकारात्मक भनेका छन्। 

पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेयता तटस्थ बस्दै आएका गौतमले दुई नेताबीचको संवादले एमाले एक हुने विश्वास लिएका छन्। केही दिनअघि मात्रै उने एमाले 
फुटेको अवस्थामा आफूले माधव नेपालसँगै लाग्ने बताएका थिए।

गौतमले आज प्रतिक्रिया दिँदै एमालेभित्रको समस्या समाधानका लागि भएको वार्ताप्रति खुसी जनाएका छन्। साथै उनले प्रधानमन्त्री बनेकोमा ओलीलाई बधाई पनि दिएका छन्। 

'नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ', उनले भनेका छन्, 'यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ। पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु।'

उनले ओली ४३ औँ प्रधानमन्त्रीमा नियुक्त भएको भन्दै बधाई पनि दिएका छन्। गौतमले ओली स्वेच्छाचारी रुपमा अघि बढेको भन्दै यसअघि सम्बन्धविच्छेद गरेको बताएका थिए। 





  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार ११:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया