बूढानीलकण्ठमा भेटे तीन नेता, महन्थको साथले ओलीलाई बल मिलेको निचोड

बहुमतको सरकार बनाउन असफल भएको भोलिपल्ट विपक्षी तीन दलका नेता बूढानीलकण्ठमा भेटेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा तीन विपक्षी दलका नेताबीच कुराकानी भएको हो। 

उक्त भेटमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। स्रोतका अनुसार उनीहरुबीच महन्थ ठाकुरले ओलीलाई साथ दिँदा आफूहरुले बहुमतको सरकार बनाउन नसकेको निचोड निकालिएको छ। 

करिब २ घण्टा भएको छलफलका क्रममा उनीहरुले महन्थकै कारण ओलीले सरकार बनाएको निचोडसहित अहिलेको सहकार्यलाई निरन्तरता दिने सहमति गरेका छन्। यी तीन दलले बहुमतको सरकार बनाउन खोजे पनि बिहीबार असफल भएपछि ‌ओली तेस्रो पटक प्रधानमन्त्री भएका छन्। 

ओलीलाई बिहीबार राति १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी छन्। ओलीले अब संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएको ३० दिनमा प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ। ओलीले यसअघि वैशाख २७ मा विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए।





  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १५:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया