सिंहदरबारमा ओली-नेपाल वार्ता, कार्यदलमा बस्ने नेतालाई पनि बोलाइयो

सत्तारुढ नेकपा एमालेको विवाद समाधानका लागि आज पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता हुने भएको छ।

दुई नेताबीच आजै साँझ ६ बजे सिंहदरबारमा वार्ता हुन लागेको जानकारी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले दिएका छन्। 

हिजो चपली हाइटस्थित मिडिया उद्यमी क्याप्टेन रामेश्वर थापाको घरमा भएको करिब चार घण्टा लामो वार्तामा दुई नेताबीच पार्टीलाई एक बनाउन मोटामोटी सहमति भएको छ।

आज उक्त सहमतिलाई मूर्त रुप दिन ओली-नेपालले अन्य नेतालाई पनि साथमा राखेर वार्ता गर्न लागेका हुन्। ओली नेपालले सहमतिका बुँदा हिजै तय गरिसकेकाले आजको बैठकमा एउटा कार्यदल बनाएर टुंगो लगाउने तयारी छ।

दुई नेताबीच पार्टीको विवाद मिलाउन १० सदस्यीय कार्यदल बनाउने सहमति भएको छ। जसअनुसार नेपाल पक्षबाट कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टको नाम तय भइसकेको छ। नेपाल पक्षबाट अर्को सदस्य रघुजी पन्त या बेदुराम भुसाललाई पठाउनेमा टुंगो लागिसकेको छैन।

यता ओली पक्षबाट सुवास नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेलको नाम टुंगो लागेको छ। अन्य दुईजनाको नाममा अझै टुंगो लाग्न बाँकी रहेको छ। आज त्यही कार्यदलमा बस्ने नेताहरुलाई वार्तामा बोलाइएको हो। 





  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १६:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया