सिंहदरबारमा एमाले मिलाउने वार्ता : गृहमन्त्री 'बादल' पनि ओली पक्षबाट सहभागी
आज १० सदस्यीय कार्यदल बनाउने तयारी

सत्तारुढ नेकपा एमालेको विवाद मिलाउन अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता जारी छ।

ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको उपस्थितिमा वार्ता भइरहेको छ। उक्त वार्तामा ओली र नेपाल पक्षका नेताहरु सहभागी छन्। यव वार्ताबाट दुवै पक्षले कम्तीमा १० सदस्यीय कार्यदल बनाउने छन्। 

साँझ ६ बजेर ५० मिनेटदेखि सुरु भएको वार्तामा ओली, नेपालसहित माओवादी केन्द्रबाट एमालेमा आएका नेता रामबहादुर थापा बादल पनि सहभागी छन्। एमालेको विवाद मिलाउने क्रममा अध्यक्ष ओलीको बादललाई पनि साथमा राखिएको हो। 

वार्तामा ओली पक्षबाट उपप्रधानमन्त्री  ईश्वर पोखरेल,अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, 'बादल', एमाले दलका उपनेता सुवास नेम्वाङ, ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन्। 

उता वरिष्ठ नेता नेपाल पक्षबाट भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायत नेताहरु सहभागी रहेका छन्। 

बिहीवार बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाको घरमा नेताद्वयबीच भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने गरी ओली-नेपाल उठेका थिए।



त्यसका लागि कार्यदल बनाउने सहमति दुई नेताबीच भएको थियो । त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहका नेतासहित ओली-नेपालले छलफल गर्दैछन्। 



  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १९:१२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया