इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको प्रशिक्षणमा
फाइल तस्बिर

आगामी मे २९ मा इराकसँग तय भएको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली तयारी सुरु गरेको छ । नेपाल सुपर लिगको फाइनल खेल बाँकी रहेको अवस्थामा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि सार्वजनिक गरेका खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेका हुन् ।

नेपाल सुपर लिगका फाइनलिस्ट टोली धनगढी र काठमाडौं रेजर्सका खेलाडी बाहेकका खेलाडीलाई समावेश गर्दै मुख्य प्रशिक्षका अबदुल्लाह अलमुताइरीले नेपाली टोलीको प्रशिक्षण थालेका छन् । समय सीमा कम भएको भन्दै प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई कुनै विश्राम बिना अभ्यास थालनी गरेका हुन् । उनले सुरुआती चरणमा नेपालले कसरी रक्षात्मक बन्ने र कसरी काउन्टर गर्ने भन्ने विषयलाई विशेष जोड दिएर अभ्यास थालेको बताए ।

१५ दिनको समय सीमा बाँकी रहेको अवस्थामा टोलीलाई अल्मुताइरीले बिहान र बेलुका दुई चरणमा अभ्यास गराइरहेका छन् । उनले प्रशिक्षणका लागि यस अघि घोषणा भएका खेलाडीलाई डाकेका हुन् । केही खेलाडी धनगढी र काठमाडौं रेजर्समा रहेकाले प्रतियोगिता सकिए लगत्तै टोलीमा समावेश हुनेछन् । प्रारम्भिक चरणमा पहिलो पटक मनीष डाँगी, स्यान्सु भुषाल, गौतम श्रेष्ठ र विवेक बस्नेतले स्थान बनाएका छन् ।

नेपाल सुपर लिग खेलेपछि बाहिर रहेका खेलाडी पनि राष्ट्रिय टोलीमा समावेश भइसकेका छन् । यद्यपि ललितपुर सिटीका अञ्जन विष्ट लगायतका केही खेलाडी भने समावेश हुन बाँकी छन् । आगामी महिना इराकसँग हुने मैत्रीपूर्ण खेलका लागि टोली केन्द्रित रहेर अभ्यासको थालनी गरेको नेपाली टोलीका स्ट्राइकर नवयुग श्रेष्ठले बताए ।

यस्तै टोलीमा समावेश भएका सन्तोष तामाङ र आयुष घलानले इराकसँगको खेल नेपाली खेलाडीका लागि राम्रो अनुभव सँगाल्ने खेल हुने प्रतिक्रिया दिए ।

मैत्रिपूर्ण खेललाई मुख्य प्रशिक्षक अल्मुताइरीले विश्वकप र एसियन कप छनोटको तयारीका रुपमा  लिएका छन् । नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १९:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया