सिंहदरबारमा ओलीलाई अलग्गै सोफा, वरिष्ठ नेता नेपाललाई अरु नेतासँगै राखियो

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अहिले सत्तारुढ एमालेको विवाद मिलाउन वार्ता भइरहेको छ। वार्ता साँझ ६ बजेर ५० मिनेटदेखि सुरु भएको हो। 

वार्तामा दुवै पक्षका १० जना बढी नेता सहभागी छन्। ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको उपस्थितिमा वार्ता भइरहेको छ। उक्त वार्तामा ओली र नेपाल पक्षका नेताहरु सहभागी छन्। यव वार्ताबाट दुवै पक्षले कम्तीमा १० सदस्यीय कार्यदल बनाउने छन्। 

वार्ताका क्रममा आज एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि अलग्गै सबैको अगाडि सोफा राखिएको छ। त्यस्तै वरिष्ठ नेता नेपाल र अन्य नेताहरुका लाग ओलीको अगाडि तेर्सो बनाएर सोफा राखिएको छ। जहाँ ओली नजिकै देब्रेतर्फ पहिलो सिटमा माधव नेपाल बसेका छन्। तर सबै नेता बसेको सोफाको रङ भने एउटै छ।

उता दाहिनेतर्फ पहिलो सिटमा ईश्वर पोखरेल छन्। त्यसपछि माधव नेपालतर्फ भीम रावल छन् भने पोखरेलतर्फ रामबहादुर थापा बादल बसेका छन्। त्यसपछि क्रमैसँग अन्य नेताहरु बसेका छन्। 

एमालेको नवौँ महाधिवेशनमा नेपाल ओलीसँग पराजित भएका थिए। त्यसबेला ओलीपछि वरीयतामा झलनाथ खनाल थिए। त्यसपछि मात्रै नेपालको वरीयता थियो। तर एमालेमा खनाल-नेपाल दुवैलाई वरिष्ठ नेताले सम्मान गरिन्छ।

यसअघि तत्कालीन नेकपामा पनि कुर्सी व्यवस्थापनलाई लिएर विवाद हुने गरेको थियो। त्यसबेला तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्य नेताहरुसँग राखेर आफू अलग्गै बसेको भन्दै ओलीको आलोचना हुने गरेको थियो।





  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १९:५३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया