एनएसएल : ऐतिहासिक उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै

नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । 

लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको काठमाडाैं रेजर्सले इलिमिनेटर खेलमा ललितपुर सिटी एफसीलाई पराजित गर्दै अन्तिम दुईमा स्थान बनाउन सफल भएको थियो । 

यही टोलीले शनिबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । ट्रफी सार्वजनिक तथा प्रि–म्याच कन्फरेन्समा बोल्दै दुवै टोलीका कप्तानले उपाधि उचाल्ने दाबी गरेका छन् । 

काठमाडौंलाई मैदान उत्रँदा धनगढीसँग लिग चरण र पहिलो क्वालिफायरमा हारेको बदला लिने अवसर मिलेको छ । टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यसअघिका दुई खेलमा भोगेको पराजयमा भएका कमी कमजोरीलाई सुधार गर्दै आफ्नो टोली उपाधिमा लागि मैदान उत्रने र उपाधि काठमाडौंमा नै राख्ने प्रतिक्रिया दिए । 

प्रशिक्षक महर्जनले केही खेलाडीमा चोट भएपनि प्रतिस्पर्धाका लागि टोली पुग्ने भन्दै फाइनल खेलमा सुखद नतिजा निकाल्न आफ्नो टोली तयार रहेको बताए । कप्तान  विकेश कुथुले प्रशिक्षकको भनाइलाई साथ दिँदै पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ आफ्नो टोली मैदान उत्रिने प्रतिक्रिया दिए ।



उता पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै फाइनलको ढोका खोलेको धनगढी पनि सहजै उपाधि उचाल्नेमा आत्मविश्वासी देखियो । प्रशिक्षक तोपे फुजाले लिग चरण र क्वालिफायरमा निकालेको जितले खेलाडीमा आत्मविश्वास भएको र फाइनल खेल पनि आफ्नो पोल्टामा पर्ने दाबी गरे ।

यस्तै धनगढीका कप्तान किरण चेम्जोङले सुरुआती खेलमा आफ्नो टोलीले सोचे जस्तो प्रदर्शन गर्न नसके पनि पछिल्ला खेलमा लय समात्न सफल भएको भन्दै फाइनलमा पनि राम्रो गर्ने विश्वास व्यक्त गरे ।



फाइनल पुगेको धनगढीले लिग चरणका काठमाडौंलाई २–१ ले पराजित गरेको थियो भने काठमाडौंले इलिमेनेटरको विजयी टोली ललितपुर सिटीमाथि दोस्रो क्वालिफायरमा खेलमा ३–० को जित निकाल्दै धनढीसँगको भिडन्त पक्का गरेको थियो । 

पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार ६:४७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया