\
कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको चरम अभाव भएसँगै थप बिरामी भर्ना गर्न नसक्ने अवस्था सिर्जना भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप बिरामी भर्ना गर्न नसक्ने बताएको हो ।
नेपालगञ्जबाट आउने अक्सिजन उपलब्ध नभएपछि अस्पतालले थप बिरामी भर्ना गर्न नसक्ने भन्दै विज्ञप्ति जारी गरेको छ । हिजो शुक्रबार बेलुका अस्पतालले सूचनामार्फत अक्सिजनको अभाव भएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना नलिने बताएको हो ।
यसअघि, प्रदेश अस्पतालमा नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको र अहिले अक्सिजन आउन छाडेका कारण अस्पतालमा अक्सिजनको अभाव भएकाले कोरोनाका नयाँ बिरामी भर्ना नलिने कर्णाली प्रदेश अस्पतालले जनाएको छ ।
प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा भएपनि त्यहाँ उपचाररत कोरोना संक्रमित बिरामीलाई आवश्यक मागअनुसार अक्सिजन दिनुपर्ने भएकाले थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।
कर्णाली प्रदेश अस्पतालमा दैनिक १५० देखि २०० सिलिन्डर अक्सिजन आवश्यक पर्ने तर, हाल नेपालगञ्जबाट ५० सिलिन्डर अक्सिजन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।