कोरोना संक्रमितलाई सहयोग गर्ने अभियानमा पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोना संक्रमितको सहयोगार्थ रकम संकल अभियानमा जोडिएका छन् ।

उनी कोरोना संक्रमितका लागि आवश्यक पर्ने अक्सिजन, मेडिकल सामग्री लगायत अन्य सहयोगका लागि आवश्यक पर्ने रकम जुटाउन सुरु भएको अभियान ‘सेभ नेपाल फ्रम कोभिड–१९, ग्लोबल एलायन्स’ सँग जोडिएका हुन् । 

उनले यो अभियानबाट उठेको सम्पूर्ण रकम कोरोना संक्रमितका आवश्यकता पूरा गर्नका लागि खर्च गरिने बताउँदै सबैलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार ११:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया