बिहेभोज खाएपछि कोरोना लागेका एकै परिवारका चारको मृत्यु

बागलुङको बडिगाड गाउँपालिका–४ मा बिहेभोज खाएर बिरामी परेका एकै घरका चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यी चारजनाको कोरोनाबाट एक हप्ताबीचमा ज्यान गएको हो। 

बडिगाड–४ को जलजलामा दुई साताअघि बिहेभोज खाएका गाउँलेलाई कोरोना भएको थियो। बिहेभोज खाएपछि ज्यान गुमाउनेमध्ये एकै घरमा चारजना पनि छन्। 

जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा र ५४ वर्षीय छोरी छन्। 

उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल, ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरा र ५४ वर्षीया छोरीको धौलागिरि अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए। 

५४ वर्षीया महिलाको शनिबार बेलुकी ५ :१५ बजे धौलागिरि अस्पतालमा मृत्यु भएको हो। उनमा वैशाख २१ गते कोभिड पोजेटिभ देखिएपछि २३ गते अस्पताल भर्ना भएकी थिइन् । 

अस्पतालका अनुसार कोरोना पुष्टि भएपछि उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो। आज ज्यान गुमाएकी महिलाको घर बडिगाड-५ मा छ।  त्यही बिहेभोजमा सहभागी ४० वर्षीय एक पुरुषको हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएपछि ज्यान गएको छ।





  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार २१:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया