बाबुरामको स्पष्टोक्ति : 'महा विपत्तिलाई निकास दिन मैले राष्ट्रिय सरकार भनेको हो'

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सरकारको प्रस्ताव राखेको प्रष्टिकरण दिएका छन् । 

डा. भट्टराईले आफूले प्रधानमन्त्री ओलीलाई भेटेर महा विपत्तिको उन्मुख देशलाई निकास दिनका लागि राष्ट्रिय सरकारको प्रस्ताव राखेको सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिएका हुन् । 

यसअघि एक टेलिभिजन कार्यक्रममा बोल्दै सत्तारुढ नेकपा एमालेका सांसद महेश बस्नेतले बाहिर ओलीको विरोध गर्दै हिँडेका बाबुराम आफैँ प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालुवाटार पुगेको बताएका थिए । 

बस्नेतको सोही भनाइको जवाफ दिँदै डा. भट्टराईले आफू राष्ट्रिय सरकारको प्रस्ताव लिएर बालुवाटारमा ओलीलाई भेट्न गएको बताएका हुन् । उनले महाविपत्ति उन्मुख देशलाई निकास दिन आफूले ब्यक्ति ओली नभएर प्रधानमन्त्री ओलीलाई भेटेको बताए । 

भट्टराईले लेखेका छन्, 'मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ । सोचौँ !'





  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार ७:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया