इब्राहिमोविचले युरो कप फुटबल गुमाउने

ज्लाटन इब्राहिमोविचले युरोकप फुटबल गुमाउने भएका छन् । स्विडेनका भेट्रान स्ट्राइकर इब्राहिमोविचले यस सिजनको युरोकप गुकाउने भएका हुन् । 

घुँडामा लागेको चोटका कारण इब्राहिमोविचले युरोकप गुमाउने भएका हुन् । इब्राहिमोविचले चोटका कारण राष्ट्रिय टिमका लागि खेल्न नसक्ने जानकारी गराएको स्विडेन फुटबलले जनाएको छ ।

इटालियन सिरी ’ए’ अन्तर्गत युभेन्ट्सविरुद्धको खेलमा इब्राहिमोविचले चोट बोकेका थिए । उक्त खेलमा एसी मिलानले युभेन्ट्सलाई ३–० ले हराएको थियो ।


इब्राहिमोविच सन्यास घोषणा गरेको पाँच वर्षपछि यस सिजनबाट राष्ट्रिय टिममा फर्किएका थिए । ३९ वर्षीय इब्राहिमोविच गत मार्चमा सन्यास फिर्ता लिँदै राष्ट्रिय टिममा फर्किएका थिए ।

स्विडेनका लागि १ सय १६ खेलमा ६२ गोल गरेका इब्राहिमोविचले सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

तर, क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका इब्राहिमोविच सन्यास फिर्ता लिदै टिममा फर्किएका हुन् । 





  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार ८:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया