विष्णु रिजालको प्रश्न : नागरिकलाई थप आतंकित बनाउनु उचित हुन्छ र ?

सत्तारुढ नेकपा एमालेका नेता विष्णु रिजालले स्वास्थ्य प्रणाली कोल्याप्स भयो भनेर नागरिकलाई थप आतंकित बनाउनु उचित नहुने बताएका छन् । रिजालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

रिजालले हाम्रो स्वास्थ्य प्रणाली पक्कै पनि कमजोर रहेको भन्दै एक वर्षमा गर्न सकिने कामहरु पनि नभएको बताए । तर, अहिले मिडियामा चर्चामा रहेको जस्तो प्रणाली नै कोल्याप्स भएको भन्दै प्रचार गर्न आवश्यक नभएको उनको भनाइ छ ।

कोरोना महामारीको दोस्रो लहरलाई नियन्त्रणमा लिनका लागि रातदिन नभनी स्वास्थ्यकर्मी खटिरहेका भन्दै रिजालले हजारौँको जीवन बचाएका स्वास्थ्य संस्थाले असाधारण काम गरिरहेका उल्लेख गरेका छन् ।

महामारी नियन्त्रणमा लागिपरेको समयमा विभिन्न माध्यमबाट थप आतंकित बनाउनु ठीक नभएको रिजालको तर्क छ । उनले प्रश्न गरेका छन्, 'यस्तो बेलामा ‘स्वास्थ्य प्रणाली कोल्याप्स भयो’ भनेर नागरिकलाई थप आतंकित बनाउनु उचित हुन्छ र ?'





  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार ११:४०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया