ओलीसँग वार्ता गर्न सिंहदरबार पुगे माधव नेपाल, कार्यदल बन्‍न सक्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि वरिष्ठ नेता माधवकुमार नेपाल केही बेरअघि सिंहदरबार पुगेका छन्। शुक्रबार जस्तै आज पनि दुई पक्षबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता हुँदैछ।

आजको वार्तामा जेठ २ मा फर्कन बनाउने कार्यदलबारे छलफल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन्। 

यसअघि विभाजनको डिलमा पुगिसकेको एमाले एक हुनुपर्ने भन्दै नेपाललाई दबाब बढेपछि ओलीसँग सहमति गर्न राजी भएका थिए। राजीनामा लिएर सिंहदरबार पुगेका नेपाल समूहका नेताहरुलाई ब्याक गराएपछि ओलीसँग वार्तामा बसेका थिए। 

त्यसपछि चपली हाइटमा भएको वार्तामा ओलीले एमालेलाई जेठ २ मा फर्काउने प्रतिवद्धता जनाएका थिए। त्यसपछि नेता नेपालले पनि अब एमाले एक हुने दिशामा गएको बताएका थिए।

तर, एमाले बैठकमा २०७७ पुस ५ को घटनाक्रमपछि माओवादीबाट एमालेमा आएका रामबहादुर थापा बादललाई पनि ओली पक्षले वार्तामा राखेपछि नेपाल समूहका नेताहरु सशंकित भएका छन्। 





  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार १३:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया