माधव नेपालको आग्रह : दासढुंगा घटनाको यथार्थ पत्ता लगाउनुहोस्

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले जननेता मदन भण्डारीको रहस्यमयी दुर्घटनाको यथार्थ पत्ता लगाउन आग्रह गरेका छन् । २८औँ मदनआश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै नेता नेपालले यस्तो आग्रह गरेका हुन् । 

नेता नेपालले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन’, विज्ञप्तिमा भनिएको छ, ‘घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

मदन–आश्रित सपना पूरा गर्नका लागि पार्टी र सरकारलाई नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउनु पर्ने नेता नेपालले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । उक्त घटनालाई ‘रहस्यमय’ भनिँदै आएका छ । पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार ९:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया