नेतृ झाँक्रीको प्रश्न : जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउँदैछन् ?

सत्तारुढ नेकपा एमालेकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले वैचारिक सदस्य भएको पार्टी निर्माण आजको आवश्यकता भएको बताएका छन् । मदन-आश्रित स्मृति दिवसमा सामाजिक सञ्जालमार्फत झाँक्रीले यस्तो बताएकी हुन् । 

जननेता मदन भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितलाई श्रद्धाञ्जलि अर्पण गर्दै झाँक्रीले पार्टीमा जननेता भण्डारीको जनताको बहुदलीय जनवादको उचित प्रयोग गर्नुपर्ने बताइन् । 

झाँक्रीले भण्डारीले जबजमार्फत् कम्यूनिष्ट आन्दोलनको लोकतान्त्रिकरण, समाज ब्यवस्था र राज्य सत्ताको लोकतान्त्रिकरणमा जोड दिएकाले अहिलेको मुख्य कार्यभार सोही अनुरुप भएको उल्लेख गरेकी छन् । 

झाँक्रीले जबजको विशेषता बहुमतको सरकार अल्पमतको विपक्ष, पार्टीभित्र बहुमतको निर्णय अल्पमतको कदर, वैचारिक संघर्ष र विचारको स्वतन्त्रता भएको भन्दै सोही अनुरुप एमाले चल्नुपर्ने धारणा राखेकी छन् । 

झाँक्री जबजका कथित अनुयायीले राज्य र पार्टी कसरी चलाउँदैछन् भनेर प्रश्न गर्न सक्ने वैचारिक सदस्य भएको पार्टी निर्माण आजको आवश्यकता भएको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गरेकी छन् । 





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १०:३०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया