लुम्बिनीका चार मन्त्रीको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै

लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने जनता समाजवादी पार्टीको निर्णय बदर मागसहित दायर गरिएको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुन लागेको हो ।

जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले पार्टी अध्यक्ष उपेन्द्र यादव, लुम्बिनीका सभामुख पूर्णबहादुर घर्ती र जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सहसराम यादवलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। 

उनीहरु अहिले लुम्बिनी प्रदेश सरकारका मन्त्री पनि छन्। पाण्डेय भौतिक पूर्वाधार मन्त्री, यादव भूमि व्यवस्था मन्त्री, कल्पना पाण्डे उद्योग, वन तथा वातावरण मन्त्री र रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्रीका रुपमा कार्यरत छन्।

आफूहरुलाई सांसदबाट निकाल्ने गरी भएको कारबाहीलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न र रिटको अन्तिम टुंगो नलागेसम्म सांसद पदबाट पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न उनीहरुले अन्तरिम आदेश मागेका छन्। 
 





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १२:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया