बढी परिश्रमले बर्सेनि साढे सात लाखभन्दा बढीको मृत्यु : डब्लुएचओ

सन् २०१९ को अन्त्यबाट सुरु भएको कोरोना महामारीले विश्व आक्रान्त छ। यही महामारीका कारण उद्योगधन्दा, व्यापार व्यवसाय र कार्यालयहरु धराशायी भएका छन् । लाखौँ मानिसले रोजगारी गुमाएका छन् । 

यही माहामारीकै बीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले धेरै परिश्रमका कारण बर्सेनि साढे सात लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक गरेको छ । 

डब्ल्युएचओका अनुसार यसरी ज्यान गुमाउनेमा दक्षिणपूर्वी एसिया र पश्चिम प्यासिफिक रिजनका बढी रहेका छन् । 

अनुसन्धानकर्ताका अनुसार सातामा ५५ घन्टाभन्दा बढी काम गर्नेलाई हृदयाघात तथा मुटुरोगसम्बन्धी जोखिम उच्च रहन्छ । यसरी ज्यान गुमाउनेमा अधबैंसे र बूढापाका बढी रहेका छन् ।

डब्ल्युएचओका अनुसार लकडाउनमा घरबाटै काम गर्नेहरुको समय १० प्रतिशतले बढेको छ। अध्ययनमा कोरोना महामारीका क्रममा ज्यान गुमाएकाहरुको संख्या समावेश गरिएको छैन । प्रतिवेदनमा आर्थिक मन्दीकै कारण मानिसहरुले बढी काम गर्नु परेको भने उल्लेख गरिएको  छ।





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १४:२६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया