बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन केयूको सिफारिस

काठमाडौं विश्वविद्यालय (केयू) ले झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगसमक्ष सिफारिस गरेको छ ।

केयूको ८९ औं बैठकले बिएण्डसीको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय लिएको थियो । विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेस्म्म कलेजको निरीक्षण गरेपछि यस्तो सिफारिस गरिएको हो। 

वैशाख ३१ गते बसेको केयू कार्यकारी परिषदको ६२५ औँ बैठकले निरीक्षण प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३ (६) अनुसार सम्बन्धनका लागि सहमति दिने निर्णय लिएको हो। उक्त कलेजलाई आवश्यक सिट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय केयूले गरेको हो।





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १८:६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया