कोरोना संक्रमणका कारण भारतको एउटै विश्वविद्यालयका ३६ प्राध्यापककोे मृत्यु भएको छ।
दिल्ली विश्वविद्यालय प्राध्यापक संघका उपाध्यक्ष डा. आलोरञ्जन पाण्डेयले ३६ प्राध्यापकको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएका छन् ।
कोरोनाबाट कुनै पनि कलेज अछुतो नरहेको र हरेक कलेजबाट तीनजनाको मृत्यु भएको उनले जानकारी दिएका छन् ।
कोरोना महामारीको दोस्रो लहरका कारण एकै महिनामा ३६ जना प्राध्यापकको ज्यान गएको हो ।
संघले कुलपति र शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै कोरोनाबाट ज्यान गुमाएका शिक्षकका परिवारका सदस्यलाई विश्वविद्यालयले रोजगारी दिनुपर्ने माग गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।