सरकारी तथ्यांक भन्छ : उपत्यकाका अस्पतालमा बेड अभाव छैन

पछिल्लो समय बेड अभाव भएर काठमाडौंबाट बिरामी अन्यत्र लगिरहेका बेला सरकारको तथ्यांकले भने अवस्था उल्टो देखाएको छ।

उपत्यकाका अस्पतालमा बेड, आइसियु र भेन्टिलेटर अभाव भइरहेको बेला सरकारी तथ्यांकले अझै पनि कयौँ बिरामीलाई भर्ना गरेर उपचार गर्ने अवस्था रहेको देखाएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार उपत्यकाका १९ वटा अस्पतालमा आइसोलेन बेठ, आइसियु र भेन्टिलेटर अभाव नभएको देखिन्छ।

मन्त्रालयको विवरण अनुसार उपत्यका भरका अस्पतालहरूमा दुई हजार ३८६ बेड आइसोलेन, ४६४ बेड आइसियु र २०२ भेन्टिलेटर रहेका छन्। जसमध्ये मंगलबारसम्म एक हजार ६३६ बेड आइसोलेसन, २४३ बेड आइसियु र १३३ भेन्टिलेटरमा विरामी छन् । 

मन्त्रालयका अनुसार अझै पनि ७५० बेड आइसोलेसन, २२१ बेड आइसियु र ६९ भेन्टिलेटर खाली छन्। शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १७० बेडको आइसोलेसनमध्ये १६१ बेडमा बिरामी छन्। 

त्यस्तै २० बेडको आइसियुमा ११ वटामा विरामीको उपचार भइरहेको छ। ९ वटा भेन्टिलेटर रहेको सशस्त्र प्रहरी अस्पतालका सबै भेन्टिलेटरमा बिरामी रहेका छन् । 



त्यस्तै बेड अभावमा भुइँमै उपचार गराउँदै आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अझै ५ बेड आइसोलेसन र १७ बेड आइसियु खाली रहेको तथ्यांकले देखाएको छ।



  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार २०:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया