माधव नेपाललाई भेट्न कोटेश्वर पुगे गृहमन्त्री थापा
फाइल तस्बिर

गृहमन्त्री रामबहादुर थापा 'बादल' नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । गृहमन्त्री थापा कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका हुन् ।  

जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका विषयमा छलफल गर्न थापा त्यहाँ पुगेको बताइएको छ । यसअघि नेता नेपालसहितको सहमतिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट खिमलाल देवकोटा उम्मेदवार बनेका थिए । देवकोटा नेपाल निकट हुन् । 

तर, एमाले विवाद समाधानतर्फ बढेपछि माधव नेपाल समूहले पनि बादललाई नै मत दिने बताउँदै आएको छ । माओवादी केन्द्रले भने देवकोटालाई मतदान गर्न आग्रह नै गरिसकेको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १४:५०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया