प्रधानमन्त्रीले फेरि शपथ लिनु नपर्ने सर्वोच्चको निर्णय

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ लिनु नपर्ने ठहर गरेको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

अदालतले शपथ रोक्न अन्तरिम आदेश जारी गरिरहनु नपर्ने भन्दै दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिइएको छ। गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई गराएको शपथ ग्रहणविरुद्ध सर्वोच्चमा सोमबार रिट दर्ता भएको थियो ।

राष्ट्रपति भण्डारीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्य उच्चारण गर्न पटक–पटक दोहोर्याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्ने जवाफ दिएका थिए । उनले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ र ‘ईश्वर’ भन्ने शब्द छुटाएका थिए ।

तेस्रो पटक प्रधानमन्त्रीका रुपमा नियुक्ति पाएपछि पद तथा गोपनीयताको शपथ लिँदा ओलीले संविधानको उल्लंघन गरेको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

ओलीले शपथ लिँदा शपथको ब्यहोरामा भएको ‘प्रतिज्ञा गर्छु’ उच्चारण गरेका थिएनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः दोहोर्याउँदा उनले ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपतिलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपतिको मर्यादामा समेत आँच पुर्याएको रिट निवेदकको जिकिर थियो।





  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १५:८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया