महतोलाई दलको नेता बनाउन उपेन्द्रको सहमति, संसदलाई जानकारी

जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरिएको जानकारी संसद सचिवालयलाई गरिएको छ। प्रथम अध्यक्ष महन्थ ठाकुरसहितको उपस्थितिमा वैशाख ३० गते भक्तपुरमा भएको संसदीय दलको बैठकले महतोलाई नेता बनाउने निर्णय गरेको थियो।

उक्त निर्णयबारेमा अध्यक्ष ठाकुरले मंगलबार पत्र लेखेर संघीय संसद सचिवालयलाई जानकारी गराएका हुन्। संसद सचिवालयले ठाकुरको पत्र १३७९ नम्बरमा दर्ता पनि गरिसकेको छ।

जसपमा महतोलाई बहुमत २० जना सांसदले समर्थन गरेपछि दलको नेता छानिएको थियो। उक्त निर्णयलाई आज अध्यक्ष ठाकुरसँग भएको वार्तामा अध्यक्ष उपेन्द्र यादवले पनि सहमति जनाएका हुन्। यादवको सहमतिपछि ठाकुरले महतोलाई दलको नेता चयन गरिएको पत्र संसद सचिवालयमा पठाएका हुन्।  

महतोलाई दलको नेता बनाएको निर्णयलाई ठाकुर पक्षले भोलि पार्टी कार्यालयमा दर्ता गराएर संसद सचिवालयलाई पनि जानकारी गराएको हो। यसअघि जसपा दलको नेता छान्दा अर्को पक्षमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईहरु सहभागी थिएनन्। 

अब जसपा केपी शर्मा ओलीको सरकारमा जाँदा महतोले नेतृत्व गर्नेछन्। आज बसेको ठाकुर र यादवको बैठकले तत्काल ओली सरकारमा नजाने बताउँदै आफ्नै नेतृत्वमा सरकार निर्माण पहल थाल्ने निर्णय लिएको छ। 

२०७७ जेठमा पार्टी एकीकरणका बेला नै भएको सहमति अनुसार राजेन्द्र महतो जसपा नेपाल संसदीय दलको नेता चयन भएका हुन्। तत्कालीन राजपा र संघीय समाजवादी पार्टीबीच एकता हुँदा ठाकुर र यादव अध्यक्ष भएका थिए। 



पछि डा. बाबुराम भट्टराईलाई पनि संघीय परिषद् अध्यक्ष बनाइयो। त्यसबेला महतोले अध्यक्षमा दाबी गरे पनि वरिष्ठ नेतामा सीमित गरिएको थियो। त्यही बेलादेखि नै महतोले आफूलाई दलको नेता बनाउनुपर्ने माग गर्दै आएका थिए। 



  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १५:४३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया