नवलपरासीमा बस दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु, ४८ जना घाइते
सांकेतिक तस्बिर

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

काठमाडौंबाट रूकुम पश्चिम गइरहेको बस पश्चिम नवलपरासीको दाउन्नेमा ना ५ ख २७१३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बुधबार बिहान ६ बजेतिर दाउन्ने मन्दिर र दुम्कीबासको बीचमा बस सडकबाट २ सय मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

दुर्घटनाग्रस्त बसमा भएका ५२ जनामध्ये ४८ जना घाइते छन् । 

घाइतेहरूको चिसापानी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलिसकेको छैन ।





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १०:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया