‘रेमडिसिभिर’ अब नेपालमै उत्पादन हुने, विभागले दियो अनुमति

कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुँदै आएको रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने भएको छ। औषधि व्यवस्था विभागले नेपालमै रेमडिसिभर उत्पादनका लागि नेपाल औषधि उत्पादक संघलाई बुधबार अनुमति दिएको हो ।

संघका महासचिव विप्लव अधिकारीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेमडिसिभिर अब नेपालमै उत्पादन हुने बताए। नेपालमै उत्पादन सुरु भएपछि अब वितरणमा सहज हुने पनि उनले बताएका छन्। 

यसअघि भारतबाट आयात गरिँदै आएको रेमडिसिभिर आफ्नै देशमा संक्रमण उच्च भएपछि भारतले निर्यात बन्द गरेको थियो। महासचिव अधिकारीले औषधि व्यवस्था विभागले अनुमति दिइसकेकाले चाँडै नै उत्पादन थालिने बताए। 

भारतले निर्यात प्रतिबन्ध लगाएपछि कोभिड-१९ का बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडिसिभिर औषधि अहिले बंगलादेशबाट ल्याउने गरिएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्दै आएको रेमडिसिभिर सरकारले तोकेका व्यक्ति र संस्थाबाट मात्रै लिनु पर्ने नियम लागु गरिसकेको छ।

आयन हेल्थकियर मात्रै नेपालको आधिकारिक आयातकर्ता  हो। रेमडिसिभिर आवश्यक परे सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्किप्सन लिएरआयन हेल्थकियरमा जानुपर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले गरेको छ।



औषधी लिन जाने व्यक्तिले डाक्टरको प्रेस्किप्सनसहित आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै सूचना निकालेर भनिसकेको छ।



  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार २०:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया