चीनमा ४३ करोड ५० लाखले लगाए कोरोनाविरुद्धको खोप

चीनमा मङ्गलबारसम्म ४३ करोड ५० लाखभन्दा बढी नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। 

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको मुख्य भूभागमा स्थानीय स्तरमा कोभिड–१९ संक्रमणका घटना देखिन थालेपछि खोप अभियानलाई थप तिब्र बनाइएको छ। 

दैनिक खोप लगाउने दर यही मे र १७ तारिखबीच झण्डै दोब्बर बनाइएको पनि आयोगले जनाएको छ। यी दिनहरुमा दैनिक एक करोड २० लाखभन्दा बढी डोज खोप लगाइएको छ। 

विश्वमै बढी खोप लगाउने मुलुकको रेकर्ड समेत चीनले बनाएको छ। संयुक्तराज्य अमेरिकामा हालसम्म बालबालिका बाहेक खोप लगाउन योग्य जनसंख्याको झण्डै ५७ प्रतिशत अर्थात् १५ करोड ८४ लाखले करिब २८ करोड डोज खोप लगाएको अमेरिकी अधिकारीहरुले जनाएका छन्। 

विश्वभर हाल कोभिड–१९ विरुद्धको एक अर्ब ५३ करोड डोज खोप लगाइएको छ।  कोरोनाभाइरस महामारीका कारण विश्वभर ३४ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १६ करोड ४३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। 
 





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार २१:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया