राष्ट्रिय सभाको बिहीबार सम्पन्न उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल र नेमकिपाका उम्मेदवार कृष्ण बहादुर तामाङलाई पछि पारे।
स्थानीय तहको नतिजामा पनि स्वतन्त्र हैसियतमा डा. खिमलाल देवकोटाले जिते। प्रदेश सभाको मत पनि देवकोटाको पक्षमा आएको छ। देवकोटा ५०८८ मतभारसहित निर्वाचनमा विजयी भएका हुन्।
स्थानीय तहमा जम्मा २३८ मत मध्ये खसेको कुल जसमा २३३ जना मतदानमा सहभागी भएका थिए । जसमध्ये देवकोटाले कलमको तर्फ १२८ अर्थात २३०४ मतभार, सूर्य चुनाव चिन्ह लिएका बादललाई १ सय ३ अर्थात १८५४ मतभार र नेमकिपाको मादल तर्फ २ अर्थात ३६ मतभार आएको हो ।
यस्तै प्रदेश सभा सदस्यहरुको मतदातातर्फ बादललाई ४५ मत अर्थात २१६० मतभार, खिमलाल ५८ मत अर्थात २७८४ र तामाङको २ अर्थात ८४ मतभार आएको हो ।
आयोगका अनुसार राष्ट्रियसभा सदस्यका लागि चारजना प्रदेश सांसदले मतदान गरेनन्। बागमतीमा रहेका १०९ सांसदमा १०५ जनाले भोट हालेका थिए । ११० सदस्यीय प्रदेशसभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम भएको छ । स्थानीय तहतर्फ पाँचजनाले भोट दिएनन् । निर्वाचन आयोगका अनुसार ११९ पालिकातर्फ २३८ मतदाता थिए ।
एमालेका उम्मेदवार बादललाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले असहयोग गरेपछि पराजित हुन बाध्य भए। नेपालले माओवादी र कांग्रेसको साथ लिएर डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्हबाट लडाएका थिए
एमालेमा वार्ता अघि बढिरहँदा पनि नेपालले बादललाई साथ दिन अस्वीकार गरेका थिए। अन्तत: उनीनिकट स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरुको भोट नै बादललाई पराजित गर्न निर्णायक भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।