बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा एमाले नेता रामबहादुर थापा ‘बादल’ लाई हराउन भूमिका खेलेपछि एमाले नेतृ शान्ता चौधरीले वरिष्ठ नेता माधवकुमार नेपालमाथि आक्रोश पोखेकी छन्।
एमाले संसदीय दलकी सचेतकसमेत रहेकी चौधरीले सूर्य चिन्हले पराजय भोगिरहँदा कमलको जीतमा रमाइरहेको भन्दै नेता नेपालमाथि कटाक्ष गरेकी छन्। उनले नेपाललाई कलम चुनाव चिन्ह लिएकोबारे पनि प्रश्न गरेकी छन्।
उनले आफूलाई एमालेमा प्रवेश गराउँदा नेता नेपालले सूर्य चिन्ह हाम्रै हो भनेर सिकाएको पनि स्मरण गरिन्। पूर्व कमलरी उनलाई नेता नेपालले नै एमालेमा प्रवेश गराएका थिए।
'कमरेड तपाईंले मलाई नेकपा एमालेमा आवद्ध गराउनु भयो तर तपाईंले नेकपा एमाले होइन, स्वतन्त्र रोज्नु भयो', सचेतक चौधरी नेता नेपाललाई प्रश्न गरेकी छन्, 'कमरेड, तपाईंले मलाई सूर्य चिन्ह हाम्रो हो भनेर रटाउनु भयो। तर तपाईंले त आज सूर्य चिन्ह चिन्ह छोड्नु भएछ कलम चिन्ह रोज्नु भएछ । त्यसैले तपाईंले जितेको हो र कमरेड ? होइन, जित्नु भएन।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।