नेकपा एमालेका नेता रामबहादुर थापा बादलले बागमती प्रदेशबाट राष्ट्रियसभामा विजयी स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिएका छन्।
गृहमन्त्रीसमेत रहेका बादलले एमालेकै नेता माधवकुमार नेपालले उठाएका डा. देवकोटालाई विजयी भएकोमा बधाई दिएका हुन्। बादलले आफ्नै पार्टीका नेता नेपालका कारण हारे पनि त्यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।
'आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभा सदस्यहरु, महानगरपालिका/ उपमहानगरपालिका/नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद', उनले भनेका छन्, 'विजयी उम्मेदवार डा. खिमलाल देवकोटालाई बधाई !'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।