रामचन्द्र पौडेलको आशंका : ओलीले संसद विघटन गरेर संविधान नै फाल्दैछन्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गरेर संविधान नै फ्याँक्न खोजेको आरोप लगाएका छन्। संविधानको धारा ७६ उपधारा ३ अनुसार अल्पताको सरकार चलाइरहेका प्रधानमन्त्रीले उपधारा ४ अनुसार संसदबाट विश्वासको मत नलिइ उपधारा ५ मा पुगेपछि पौडेलले यस्तो बताएका हुन्। 

उनले उपधारा ४ अनुसार प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन अफल भएमा मात्रै राष्ट्रपतिले उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था पनि सम्झाएका छन्। 

संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत मागेर नपाएको वा प्रधानमन्त्रीले राजीनामा दिएको अवस्थामा मात्र संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने हाम्रो संवैधानिक व्यवस्था हो', पौडेलले भनेका छन्।

तर यी दुवै अवस्था नभइ  उपधारा ५ मा पुग्नु असंवैधानिक हुने उनको तर्क छ। 'तर यी दुवै अवस्था नभइ राष्ट्रपतिले  धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक हो', उनले भनेका छन्, 'त्यसैगरि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिनु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो।'

पौडेलले नयाँ सरकारका लागि सामान्यत: तीन दिनको समय दिनुपर्नेमा अहिले त्यस्तो नभएको जिकिर गरेका छन्। 'सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम् तीन दिनको समय दिने प्रचलन थियो', उनले भने अगाडि भनेका छन् ,
' तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठन आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन।' 

अहिलेको संकटपूर्ण अवस्थामा दलहरूलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान गुम्न लागेको भन्दै उनले जोगाउने प्रयासमा लाग्न पनि अपिल गरेका छन्। 





  • प्रकाशित मिति : जेठ ६, २०७८ बिहीबार २२:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया