राष्ट्रपतिलाई कांग्रेस प्रवक्ताले भने-‘यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो

बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले आफूसँग बहुमत छ भन्दै फेरि प्रधानमन्त्रीका लागि दावी पेश गर्दा दुनियाँ हासेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति संस्थाकै गरिमामा आँच आउने काम गरेको आरोप शर्माले लगाएका छन् । 

उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै भनेका छन्, राष्ट्रपति महोदया ! ‘सतिसालको शीरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो।  अलमलको गोलमालमा संस्थाको गरिमा ओरालो अझै  कति लगाउनु हुन्छ ?’





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार १८:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया