राष्ट्रपतिलाई महन्थ-राजेन्द्रको पत्र : देउवालाई सघाउने १२ सांसदलाई मान्यता नदिनू

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर गर्ने १२ सांसदलाई मान्यता नदिन आग्रह गरेका छन्। 

दुई नेताले शुक्रबार अपरान्ह राष्ट्रपतिको कार्यालयमा पत्र पठाएर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदहरु पार्टी निर्णयविपरीत गएकाले उनीहरूलाई मान्यता नदिन भनेका हुन्।  दुई नेताले देउवाको पक्षमा हस्ताक्षर गरेका ती १२ सांसदको गणना नगर्न पनि पत्रमार्फत आग्रह गरेका छन्।

ठाकुरका एकजना सहयोगीका अनुसार अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका सांसदहरुमाथि कारबाही सुरु गरिसकेको पनि बताएका छन्। दुई नेताले अहिले पार्टीले आधिकारिक समर्थन एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई समर्थन गरेको अवस्थामा उनीहरुको हस्ताक्षर गैरकानुनी हुने दाबी गरेका हुन्। 

जसपाको तर्फबाट आज ओलीले ३२ जनाकै समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए। तर ३२ मा १२ सांसदहरुले पार्टी निर्णयविपरीत देउवालाई सघाएकाले उनीहरुमाथि कारबाही हुने जानकारी ठाकुर र महतोले गराएका हुन्।





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार २०:४५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया