वीरलाई 'कोभिड युनिफाइड' केन्द्रीय अस्पताल बनाइयो

सरकारले वीर अस्पताललाई  कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश-२०७८ बाट सरकारले त्यसलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएको हो।

केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११ औं तहका अधिकृत  वा वरिष्ठ चिकित्सकलाई खटाइने अध्यादेशमा उल्लेख छ।

कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालले कोभिड-१९ स्क्रिनिङ क्लिनिक, फिभर क्लिनिक तथा परामर्श सेवा सञ्चालन गर्ने छ। यस्तै संक्रमितको उपचार व्यवस्थापन (अक्सिजन आइसोलेशन, हार्ड डिपेन्डेन्सी युनिट (एचडियु) र  सघन उपचार कक्ष (आइसियु) हुने छन्। 

टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवासमेत सञ्चालन हुने छ। युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नामा आवश्यक समन्वय गर्ने छ। 

यस्तै जुनसुकै स्वास्थ्य संस्थालाई कोभिड-१९ अस्पतालका रुपमा सञ्चालन गर्न आदेश पनि दिन सक्ने अध्यादेशमा उल्लेख छ। 

केन्द्रीय अस्पतालले प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड-१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्न सक्ने व्यवस्था गरिएको छ। 





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार २२:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया