सरकारले प्रतिनिधिसभा विघटन गरेर देशलाई मध्यावधि निर्वाचनमा लाने निर्णय गरेको छ।
अहिले सवा १२ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय लिएको एकजना मन्त्रीले बताएका छन्।
संविधानको धारा ७६ (५) अनुसार बहुमतको सरकार दिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमै प्रतिनिधिसभा विघटन सिफारिस गरेका हुन्। उनले विघटन सिफारिसको निर्णय लिन मन्त्रिपरिषद् बैठक बालुवाटारमा राखेका थिए।
यो बैठकले प्रतिनिधिसभा विघटनको निर्णय लिएर देशलाई आगामी कात्तिक २३ र मंसिर ३ गतेका लागि देशलाई मध्यावधि निर्वाचनतर्फ लगेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रधानमन्त्रीमा ओली र शेरबहादुर देउवा दुवैको दाबी नपुगेको निर्णय लिइसकेकी छन्। संविधानको धारा ७६ उपधारा ५ बमोजिम बहाल रहेको संसदले नयाँ सरकार दिन नसकेको अवस्थामा वैधानिक रुपमै संसद विघटन गरेर देशलाई ताजा जनादेशमा लैजान सकिने व्यवस्था छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।